बिर्तामोडका डीएसपी कुँवर उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कारबाट पुरस्कृत
बिर्तामोड । ६७ औँ प्रहरी दिवसको अवसरमा इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी रुगमबहादुर कुँवर पुरस्कृत भएका छन् । उनलाई उत्कृष्ट अनुसन्धानकर्ता प्रहरीको रूपमा पुरस्कृत गरिएको हो ।
६७ औँ प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले देशभरमा भएका प्रहरी अधिकृतहरुको अनुसन्धान कार्यसम्पादन लगायतका विषयलाई अध्ययन गरी डीएसपी कुँवरलाई उत्कृष्ट ठहर गरेपछि पुरस्कृत गरेका हो । नेपाल प्रहरी प्रधान कार्यालयले उनलाई अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै पुरस्कृत गरेको छ ।

डिएसपी कुँवरले अर्जुनधारामा भारतीय नागरिकको हत्यामा संलग्न आरोपीलाई अनुसन्धानको दायरामा ल्याएका थिए । भारतीय नागरिकको हत्या गरेर बोराभित्र बाँधेर फ्याकिएको अवस्थामा फेला परेको थियो । घटना लगत्तै कुँवरको टोली दाषी पक्राउ गर्न सफल भएको थियो ।
यस्तै, कुँवरले संखुवासभाको एकै परिवारका ५ जनाको हत्यामा संलग्न आरोपीबीचबाट दोषी पत्ता लगाएका थिए । उनलाई एआईजी उत्तम सुवेदीको समितिले उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा पहिचान गरेको हो ।
डिएसपी कुँवर इलाका प्रहरी कार्यालय अनारमनीमा विगत ६ महिनादेखि कार्यरत छन् ।