जेष्ठ २५, २०८२ शनिबार

चारपाने-राजगढ सडक खण्डमा दुर्घटना : दुई जनाको मृत्यु, दुई गम्भीर घाइते

बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित बेलडाँगीमा भएको मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गएको छ । सोही मोटरसाइकलमा सवार २ जना गम्भीर घाइते भएका छन् । आज साढे ४ बजे दुई वटा मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।

चारपाने–राजगढ सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा घाइते दुवै चालकको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको मे ५ प १६०४ र विपरित दिसाबाट जादैं गरेको मे ३ प ५५८० को मोटरसाइकल एक आपसमा ठोक्किएका थिए । १६०४ का चालक बाह्रदशी–६ का ४३ वर्षीय भोलाराज भुजेल र ५५८० का चालक बाह्रदशी–२ का २५ वर्षीय अनिस साउदेनको मृत्यु भएको झापा ट्राफिकले जनाएको छ ।

भुजेलको श्रीमति चन्द्रकला र छोरी प्रशन्ना गम्भीर घाइते भएका छन् । उनीहरुको खुट्टा भाँचिएको छ । उनीहरुको उपचार भइरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : आश्विन ३१, २०७९ सोमबार  ७ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]