एमालेलाई जिताउनु, जनताको शिर झुक्न दिने छैन : पाठक
बुद्धशान्ति । प्रदेशसभा सदस्य पदका उम्मेदवार चिन्तन पाठकले जनताले आफुलाई गरेको विश्वासलाई कहिले घात नगर्ने प्रतिबद्धता जनाएका छन् ।
झापा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन क्षेत्र २ मा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका पाठकले आम मतदाता र जनताको शिर झुक्ने काम कहिले नगर्ने बताए ।

बुद्धशान्ति गाउँपालिका २ मा आयोजित वडा स्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै नेकपा एमाले प्रदेश कमिटी सचिव समेत रहेका पाठकले राष्ट्रहितका लागि एमाले र राप्रपा संयुक्त अभियानमा जुटेको धारणा राखे ।
उनले समृद्ध नेपालका लागि नेकपा एमालेको सरकारले गरेका कामहरु जनताले प्रस्ट बुझेको धारण समेत राखेका छन् । नेता पाठकले मुलुक निर्माणमा एमाले सरकारले गरेका कामहरु शिर ठाडो पारेर गर्वले भन्न सक्ने अवस्थाको सिजर्ना भएको बताए ।
नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धन अपवित्र भएको भन्दै उनले मुलुकलाई भलखाडोमा लगिरहेको बताएका छन् । राष्ट्रहितका लागि जनताले गठबन्धनलाई चुनावबाटै परास्त गराउने उनको धारणा थियो ।