जेष्ठ २५, २०८२ शनिबार

फोहोर फाल्नेको मोटरसाइकल नियन्त्रणमा

बिर्तामोड । बिर्तामोड नगर प्रहरीले जथाभावी रुपमा फोहोर फाल्दै गरेको अवस्थामा मोटर साईकल,स्कुटर र साईकल नियन्त्रणमा लिएको छ ।

बिर्तामोडको नयाँ बसपार्क पस्ने सडक नजिकै चिया बगान क्षेत्रमा सोमबार राती फोहोर फाल्दै गरेको अवस्थामा गस्तीमा रहेको प्रहरीले नियन्त्रणमा लिएको नगर प्रहरी प्रमुख किरण पाण्डेले जानकारी दिए ।
प्रहरीले प्रदेश १–०२–०४४ प ५५०४ नम्बरको यामाहा मोटरसाईकल, मे ११ प ५८९१ नम्बरको स्कुटर र साईकल नियन्त्रणमा लिएको हो ।

यहाँ जथाभावी रुपमा फोहोर फाल्ने क्रम बढ्दै गएपछि नगर प्रहरीले २४ सै घण्टा गस्ती गर्दै आएको छ । यस क्षेत्रमा राष्ट्रिय युवा संघ नेपाल बिर्तामोड नगर कमिटीको आयोजनामा सोमबार बिहान मात्रै सरसफाई गरिएको थियो ।

नियन्त्रणमा लिएका सवारीलाई नगरपालिकाको कार्यालयमा राखिएको छ । नगरपालिकोले जथाभावीरुपमा फोहोर फाल्न प्रयोग गरिएका साधन नियन्त्रणमा लिएर कानून अनुसार कार्वाही गर्दै आएको छ ।

प्रकाशित मिति : कार्तिक १, २०७९ मंगलबार  ८ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]