जेष्ठ २५, २०८२ शनिबार

एमाले अध्यक्ष ओली झापामा

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कार्यकर्ता भेटघाट तथा चुनावी प्रचार अभियानका लागि आज आएका छन् । सौर्य एयरलाइन्सबाट ओली झापा आएका हुन् । ओलीले पहिलो औपचारिक कार्यक्रमका रुपमा पत्रकारसँग भेटभाट गर्दैछन् ।

अध्यक्ष ओली आज साढे ४ बजे दमकमा प्रेस चौतारी झापाले आयोजना गरेको पत्रकार भेटघाटमा सहभागी हुनेछन् । त्यसपछि नेताहरुसँग निर्वाचनको तयारीका बारेमा छलफल गर्ने कार्यक्रम छ ।

भोली विहान ११ बजे क्षेत्र नं १ को धुलाबारीमा बृहत कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्नेछन् । यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी पार्टी प्यालेस क्षेत्र नं ५ स्तरीय बृहत कार्यकर्ता भेटघाट कार्यक्रम आयोजना गरिएको छ । उक्त कार्यक्रममा क्षेत्र नं ५ भरीका कार्यकर्ताहरुको उपस्थिती रहनेछ । पर्सी ३ गते जनतासँग भेटघाट कार्यक्रम आयोजना गरिएको छ । त्यसका लागि दमक ३ आमचोक र कलम गाउँपालिकाको केर्खामा जनतासँगको भेटघाट कार्यक्रम राखिएको छ । अध्यक्ष ओली ३ गते दिउसो २.५० बजे भद्रपुरबाट काठमाडौं फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति : कार्तिक १, २०७९ मंगलबार  ३ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]