जेष्ठ २५, २०८२ शनिबार

एमाले अध्यक्ष ओली अस्वस्थ, भोली र पर्सीका कार्यक्रम यथावत

बिर्तामोड । आज दिउँसो गृहजिल्ला झापा आइपुग्नुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ हुनुभएको छ । उहाँलाई ज्वरो र रुघाले ग्रस्त बनाएको बुझिएको छ ।

झापा क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनुभएका अध्यक्ष ओली चुनाव प्रचारप्रसारका क्रममा आज झापा आउनुभएको हो । उहाँलाई ज्वरो आएको र औषधि खाएर घरमै आराम गरी आउनुभएको एमाले पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले बताउनुभयो ।

तीनदिने चुनावी प्रचार अभियानका क्रममा सहभागी हुन उहाँ झापा आउनुभएको हो । अध्यक्ष ओलीलाई ज्वरो आएपछि आज दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी हुन सक्नुभएन । आजका कार्यकर्ता भेटघाटका कार्यक्रम स्थगित गरिए पनि भोली र पर्सीका कार्यक्रम यथावत रहेको एमाले जिल्ला अध्यक्ष दिपक कार्कीले बताउनुभयो ।

प्रकाशित मिति : कार्तिक १, २०७९ मंगलबार  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]