जेष्ठ २५, २०८२ शनिबार

धुलावारी र दमकको कार्यकर्ता भेलालाई आज अध्यक्ष ओलीले सम्बोधन गर्ने

बिर्तामोड । कार्यकर्ता भेटघाट तथा निर्वाचन प्रचारका क्रममा झापा आउनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज क्षेत्र नं १ र ५ मा आयोजना हुने दुई वटा कार्यक्रममा सहभागी हुनुहुनेछ । आज विहान ११ बजे क्षेत्र नं १ स्थित को धुलाबारीमा हुने कार्यक्रममा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन पनि सहभागी हुनुहुनेछ ।

यसैगरी दिउसो २ बजे दमकको रोयल पार्टी प्यालेसमा आयोजना गरिएको क्षेत्र नं ५ स्तरीय नेता तथा कार्यकर्ता सहभागी हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नु हुने एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालले जानकारी दिनुभयो ।

हिजो अध्यक्ष ओलीको स्वास्थ्यमा केही समयस्या आएपछि प्रेस चौतारी झापाले आयोजना गरेको कार्यक्रममा उहाँ सहभागी हुन सक्नुभएको थिएन । तर, आज स्वास्थ्य अवस्था ठिक भएकोले सबै कार्यक्रमहरु यथावत सञ्चालन हुने दाहालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : कार्तिक २, २०७९ बुधबार  ८ : ०१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]