तरलताको तनाव
सम्पादकीय
कोेरोना महामारीपछि देखिएको आर्थिक तरलता अझै समाधान हुन सकेको छैन । बैंक तथा वित्तिय संस्था दुई वर्षदेखि कर्जा लगानी गर्न सकिरहेका छैनन् । कर्जा लगानी गर्दा पनि महंगो व्याजमा लिन सक्नेलाई मात्र दिइएको छ । कोभिडपछिको व्यापार क्षेत्र वास्तवमा तहसनहस नै छ । यो प्रतिकुल अवस्थाबाट कोहि पनि मुक्त हुन सक्ने परिस्थितिको निर्माण भइरहेको छैन । वर्तमान गठबन्धन सरकार पनि तरलता समस्या समाधानमा खासै सचेत भइरहेको पाइदैन । जसको मारमा आम नागरिक परेका छन् ।
उद्देश्यभन्दा विपरितको लगानी र सरकारको नीतिका कारण मुलुकमा लामो समयदेखि तरलताको समस्या व्यहोर्नुपरेको छ । यसको समाधान गर्ने दायित्व सरकारको हो । वर्तमान गठबन्धन सरकार आफ्नो कुर्सी जोगाउने बाहेकमा ध्यान दिन सकेको छैन । व्यापारीहरु व्यापार गर्न सकिरहेका छैनन् । लगानी वृद्धि गर्नुपर्ने क्षेत्रहरु अप्ठ्यारो अवस्थामा गुज्रिएको छ । लगानी गरेर व्यवसायलाई थप प्रवद्र्धन गर्न व्यवसायीहरु कर्जा लगानीको आशामा बसेका छन् । कतिपयले व्यवसाय नै बन्द गरेका छन् ।
उधोग,कलकारखाना समेत संकटको सामना गरिरहेका छन् । त्यै पनि तरलता समाधानका लागि कोहि पनि संगठित रुपमा आवाज उठाइरहेका छैनन् । त्यसको प्रत्यक्ष मारमा साना व्यवसायी परेका छन् । अहिले तरलता र वित्तिय संस्थाको दवाव थेगिसक्ुन छैन । व्यापार व्यवसाय नै चौपट भएपछि बैंकलाई बुझाउनुपर्ने रकम बुझाउन समस्या छ । बैंकले जेजस्तो समस्या भए पनि आफ्नो असुलीलाई कायम राखेको हुन्छ । मानसिक रुपमै अप्ठ्यारो भोगिरहेको कयौं घटना छन् । अब, यसको समाधान खोजेर तरलताको मारबाट सबैलाई मुक्ति दिने बाटो खोजौं । अन्यथा, कसैले पनि ठुलो क्षति व्यहोर्नु नपरोस् ।