जेष्ठ २६, २०८२ आईतबार

सूर्यग्रहण : स्वाती नक्षत्र र तुला राशिलाई कष्ट

बिर्तामोड । कार्तिक कृष्ण औँसीका दिन यही कात्तिक ८ गते मङ्गलबार लाग्ने ग्रस्तासत खण्डग्रास सूर्यग्रहण स्वाती नक्षत्र र तुला राशिका व्ययिक्तलाई अतिकष्ट रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले प्रकाशन गरेको विसं २०७९ को राष्ट्रिय पञ्चाङ्गम्मा उल्लेख भए अनुसार कात्तिक ८ गतेको ग्रहण फल अनुसार मेष राशि भएकालाई स्त्रीपीडा, वृष राशिकालाई सुख, मिथुन राशिकालाई चिन्ता, कर्कट राशि भएकालाई व्यथा र सिंह राशि भएकालाई श्रीप्राप्तिको योग रहेको छ । यसैगरी कन्या राशि भएकालाई क्षति, तुला राशिलाई घात, वृश्चिक राशिलाई व्यय, धनु राशिलाई लाभ र मकर राशिलाई सुखको फल रहेको छ ।

कुम्भ राशिकालाई माननाश र मीन राशि भएकालाई कष्टको योग रहेको छ । दिउँसो ४ : ५२ बजेदेखि ग्रहणले स्पर्श गर्ने छ । ग्रहणकै अवस्थामा बेलुकी ५ : २४ बजे सूर्यास्त हुनेछ । नेपालबाट करिब ३२ मिनेट ग्रहण देखिने छ । बेलुकी करिब साढे ७ बजेसम्म ग्रहण रहने जनाइएको छ । शास्त्रीय मान्यता अनुसार सोमबार राति ४ : ५२ बजेदेखि नै बाल, वृद्ध र आतुर बाहेकलाई भोजन निषेध हुने पनि समितिको पात्रो (पञ्चाङ्ग) मा उल्लेख छ ।

प्रकाशित मिति : कार्तिक ४, २०७९ शुक्रबार  ८ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]