ठुलो दुर्घटनाबाट जोगियो बिर्तामोडको प्रसाई मार्केट
बिर्तामोड । झापाको बिर्तामोडमा रहेको प्रसाई मार्केटमा आगलागी भएको छ । होटल हिकोला हेरिटेज पश्चिममा रहेको मार्केटमा रहेको एक व्याग पसलमा आगलागी भएको हो । बिर्तामोड, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयले आगो नियन्त्रणमा लिएको बिर्तामोड प्रहरीको भनाई छ ।

बन्द रहेको पसलबाट धुवा निस्किएपछि व्यवसायीहरु आत्तिएका थिए । केहि बेरमै नियन्त्रणमा लिएपछि मार्केट ठुलो दुर्घटनाबाट बचेको छ । विद्युत सर्ट भई आगलागी भएको अनुमान गरिएको छ । आगलागीबाट रोशन विष्टले सञ्चालन गर्दै आएको व्याग पसलमा पूर्ण क्षति भएको छ ।

यसअघिको समाचारमा प्रसाई मार्केट हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । – सम्पादक