जनतालाई सम्पन्न बनाउन राजनीति गरेको हुँ : देवराज घिमिरे
बिर्तामोड । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले गरिव जनतालाई सम्पन्न बनाउन आफु राजनीतिमा आएको बताएका छन् । चुनावी घरदैलोमा रहेका घिमिरेले आफ्नो सारा जीवन नै जनताको लागि सुम्पिएको बताए ।

नेकपा एमालेका प्रदेश इञ्चार्ज समेत रहेका घिमिरेलाई पार्टीले जनताको काम गर्ने अवसर प्रदान गरेको छ । झापा–२ का जनताको जीवनमा परिवर्तन ल्याउन घिमिरेको आवश्यकता भएको महसुस गर्दै पार्टीले उम्मेदवार बनाएको हो । निष्ठावान नेताका रुपमा परिचित घिमिरे लामो समयदेखि पार्टी संगठन निर्माणमा क्रियाशिल थिए । पार्टी संगठन निर्माणसँगै जनताको जनजिविकाको सवालमा अहोरात्र क्रियाशिल घिमिरेले घरदैलो अभियान आक्रामक रुपमा सञ्चालन गरिरहेका छन् ।
मनोनयन दर्तापछि गाउँगाउँसम्म पुगेका घिमिरे जनताको अपार माया नै जीतको सुनिश्चितता भएको बताउँछन् । घिमिरे भन्छन्, ‘मैले पार्टी संगठनको महत्वपूर्ण जिम्मेवारीमा रहेर काम गरिरहेको वर्षौ वितिसक्यो । सँगैसँगै विकास निर्माणलाई प्राथमिकता दिएको थिए ।’
विकास निर्माण, गरिवी निवारण र प्रशासन क्षेत्रको सुधारमा विशेष चासो दिदैं आएका घिमिरेले राजनीतिक परिवर्तनपछि जनताको जीवनमा परिवर्तन आउनुपर्ने बताउँछन् । मेरो उम्मेदवारी नै जनताको जीवनमा परिवर्तन ल्याउनका लागि हो । बाटोघाटो सबैले बनाउने योजना बनाएकै हुन्छ, गरिवी निवारण चै मेरो मुल मुद्दा हो । मैले राजनीति गरेकै जनतालाई सम्पन्न बनाउन हो ।
नियमित चुनावी घरदैलो अभियानमा रहेका घिमिरेलाई आम मतदाताले अनुभवी, दक्ष उम्मेदवारको रुपमा बुझेका छन् । भेटघाटका क्रममा निर्वाचन जितेपछि पनि जनताको दुखसुखमा उपस्थित हुन मतदाताको माग छ । उक्त प्रशंगमा घिमिरे भन्छन्, ‘म निर्वाचित भएपछि यसै निर्वाचन क्षेत्रका जनताको निम्ति काम गर्ने हो । त्यसैले जनताको बिचमा नआउने कुरै भएन । हिजो पनि जनताको साथमा थिए, भोलीमा साथमा रहेको प्रतिवद्धता व्यक्त गर्दछु ।’