जेष्ठ २७, २०८२ सोमबार

बिर्तामोडमा लामखुट्टे नष्ट गर्न विषादी स्प्रे गर्न थालियो

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले लामखुट्टे नष्ट गर्न विषादी स्प्रे गर्न थालेको छ । शुक्रवारबाट लामखुट्टे नष्ट गर्न स्प्रे शुरु गरिएको बिर्तामोडका प्रवक्ता अग्नि पाण्डेले जानकारी दिए । उनका अनुसार अब नियमित बिर्तामोडमा स्प्रे गरिनेछ ।

बिर्तामोडको बजार क्षेत्रमा डेंगी संक्रमणको जोखिम बढेपछि स्प्रे शुरु गरिएको पाण्डेको भनाई छ । उनका अनुसार मंसिर १३ गतेसम्म बिर्तामोडका सबै वडामा स्प्रे गरिसकिनेछ । डेंगी संक्रमण बढेपछि आवश्यक सुरक्षाका लागि लामखुट्टे नष्ट गर्ने अभियान थालनी गरिएको हो । बिर्तामोडको वडा नं. ५ सबैभन्दा धेरै जोखिममा रहेको बताइएको छ । उच्च जोखिममा रहेको वडाबाटै स्प्रे गर्न थालिएको पाण्डेले जानकारी दिए ।

बिर्तामोडको वडा नं. ५ मा कात्तिक १८, १९,२० वडा नं. ४ मा २१,२२, ३ मा २३,२४, १ मा २५,२६, २ मा २७,२८, ६ मा २९,३०, ७ मा मंसिर ६,७, ८ मा ८,९ र १० नम्बर वडामा १२, १३ गते स्प्रे गर्ने तालिका छ, पाण्डेले भने ।

बिर्तामोड नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजिव विष्टले अहिले गरिने स्प्रेले लामखुट्टेको वृद्धि विकास रोक्ने जानकारी दिए । लामखुट्टे नियन्त्रण गर्न सकियो भने डेंगी संक्रमणको जोखिम कम हुँदै जाने उनको भनाई छ । यसअघि जेठ,असार र साउनमा विषादी स्प्रे गरिएको विष्टले जानकारी दिए । विर्तामोडमा करिव एक दर्जन व्यक्तिलाई डेंगी संक्रमण भएको तथ्याङक छ ।

प्रकाशित मिति : कार्तिक १८, २०७९ शुक्रबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]