जेष्ठ २७, २०८२ सोमबार

महिलालाई स्वरोजगार बनाउन कपडा बुन्ने तालिम

झापा । वैदेशिक रोजगारका क्रममा हिंसामा परेर फर्किएका महिलालाई स्वरोजगार बनाउने उद्देश्यले मेचीनगर नगरपालिका–४ र शक्ति नेपालको सहकार्यमा शुक्रवारदेखि कपडा बुन्ने तालिम सुरु भएको छ । वडाले हरिबोधनी एकादशीको अवसर पारेर विशेष तालिम सेन्टरको स्थापना गरी महिलालाई शक्ति नेपालको सहयोगमा कपडाको खादा, बर्की, साडी र खास्टो बनाउने तालिम सुरु गरेको हो ।

प्रत्येक तीन महिनाका दरले वार्षिक रुपमा चलाइने तालिममा एकपटकमा १५ महिलाले सीप सिक्न सक्ने वडाध्यक्ष अर्जुन कार्कीले बताए । उनले शक्ति नेपालले दिएको एक लाख ६० हजार रकममा चार वटा कपडा बुन्ने तान, आवश्यक कच्चापदार्थ खरिद गरिएको र थप खर्च वडाले नै व्यहोर्ने बताएका छन् । तीन महिनाभित्रमा १५ वटा तानको व्यवस्था गरेर थप महिलालाई तालिममा सहभागी गराउने उनको भनाई छ ।

‘धेरै महिला विगतमा स्वदेशमा रोजगारी नहुँदा विदेसिनुभयो । विदेशमा चरम हिंसाको सिकार बनेर फर्किनुभएका दिदीबहिनीहरुलाई तालिमको माध्यमबाट आयआर्जन गरी आत्मनिर्भर बनाउने उद्देश्य छ’, कार्कीले भने । उनले महिलाहरुले उत्पादन गरेका सामग्रीको वडा कार्यालय आफैँले बजारीकरणमा सहयोग गर्ने बताए ।

प्रकाशित मिति : कार्तिक १९, २०७९ शनिबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]