बैशाख ३०, २०८२ मंगलबार

चुनावी सभालाई सम्बोधन गर्न मंगलवार सुखानी पार्क आउदै एमाले अध्यक्ष ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली मंगलवार झापा आउने भएका छन् । चुनावी कार्यक्रमकै सिलसिलामा ओली झापा आउने भएका हुन् ।

झापा क्षेत्र नं. २ स्तरीय बृहत चुनावी सभालाई सम्बोधन गर्न झापा आउने कार्यक्रम रहेको छ । २ बजे अर्जुनधारास्थित सालबारी सुखानी पार्कमा ओलीले सम्बोधन गर्नेछन् । अध्यक्ष ओलीसँगै झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरे, प्रदेश उम्मेदवार एकराज कार्की र चिन्तन पाठकले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : कार्तिक २१, २०७९ सोमबार  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]