बैशाख ३०, २०८२ मंगलबार

उम्मेदवार खरेलसँग गुणस्तरिय शिक्षाको माग

धाइजन । मेचीनगर १२ धाइजनका स्थानीयले वडामा गुणस्तरिय शिक्षाको माग गरेका छन् । बुधबार घरदैलो अभियानका क्रममा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभाका उम्मेद्वार अग्नि खरेल समक्ष वडामा रहेका विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि पहल गरिदिन आग्रह गरेका छन् ।

सरस्वती माध्यमिक विद्यालयमा शिक्षकको आवश्यकता अनुरुपको दरबन्दी नहुँदा सोचे अनुरुपको शैक्षिक गतिविधि संञ्चालन गर्न नसकिएको भन्दै स्थानीयले नेकपा एमालेका तर्फबाट उम्मेद्वार रहेका पूर्वकानुन मन्त्री खरेललाई माग गरेका छन् । त्यसैगरी अमर आधारभूत विद्यालय र कालिका आधारभूत विद्यालयको पूर्वधार निर्माण र शैक्षिक स्तर उन्नतीको समेत माग राखेका थिए । मेचीनगर वडा नम्बर १२ शैक्षिक विकासमा पछि उम्मेद्वारसगँ समस्याहरु राखिएको स्थानिय केशव भुजेलले बताए ।

स्थानीयको माग सुनिसकेपछि खरेलले भने, जनताको समस्या समाधान गर्ने पार्टी नेकपा एमाले भएकाले यहाँको हरेक समस्या समाधान गर्न म प्रतिवद्ध छु । ‘यहाँ देखापरेका सुकुम्वासी समस्या, मूढा व्यावसायीको बजारीकरण तथा आधुनिकरण, हडिया खोलामा तटबन्धन, सडक स्तर उन्नती, खानेपानी समस्या, सडक बत्ती विस्तारका लागि मेरो पहल कदमी रहनेछ ।’

झापा क्षेत्र नं १ प्रदेश ख बाट उम्मेद्वार रहेकी सविना बजगाईले यस क्षेत्रको विकासलाई आफुले प्राथमिकतामा राखेर योजना बनाउने बताइन । घरदैलो कार्यक्रम अन्र्तगत उम्मेद्वार खरेल र बजगाइले मेचीनगर १२ साविक धाइजन ४, फाइटर चोक, सहरेडाँगी चोक, नयाँ बस्ती, कालीझोडा, नागवेली टोललगायतका मतदाताहरुको गुनासो सुनेका थिए ।

प्रकाशित मिति : कार्तिक २३, २०७९ बुधबार  ६ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]