जेष्ठ २७, २०८२ सोमबार

बिर्तामोडमा मतदाताको मायाले एमाले थप उत्साहित भएको छ : सुवास भट्टराई

बिर्तामोड । नेकपा एमालेले झापा क्षेत्र नं. २ मा घरदैलो अभियानलाई आक्रामक बनाएको छ । एमालेले बुधबार बिर्तामोड वडा नं. ५ मा प्रतिनिधिसभा सदस्य र प्रदेशसभाका सदस्यका उम्मेदवारहरु सहित घरदैलो गरेको हो ।

घरदैलोमा प्रतिनिधि सभा सदस्य देवराज घिमिरे र प्रदेश उम्मेदवार एकराज काकी, पार्टीका सबै तहका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । नेकपा एमाले बिर्तामोडका अध्यक्ष सुवास भट्टराईले बिर्तामोडको वडा नं. ५ मा भएको घरदैलो अभियानले जीत सुनिश्चित भएको बताएका छन् । उनका अनुसार बिर्तामोडका हरेक वडाहरुमा भइरहेको घरदैलोका क्रममा मतदाताबाट पाइरहेको प्रतिक्रिया सकारात्मक भएको बताए । बिर्तामोड वडा नं. ५ ठुलो छ, यहाँ सबैले एमालेको चुनाव चिन्ह सूर्यमा मतदान गर्ने प्रतिक्रिया पाएका छौं, उनले भने – सबै मतदाताको प्रतिक्रियाले एमालेलाई उत्साहित बनाएको छ । मतदाताबाट पाएको उत्साहले जीत निश्चित छ ।

बुधबार सिटी सेन्टर क्षेत्रबाट भएको घरदैलोले बजार क्षेत्र परिक्रमा गरेको भट्टराईले जानकारी दिए । उनले आम मतदाताबाट एमालेको नेतृत्वमा भइरहेको काम नै पर्याप्त भएको प्रतिक्रिया पाएको बताए । स्थानीय, प्रदेश र केन्द्र सरकारमा हुँदा एमालेले गरेका कामलाई सबैले स्मरण गरेको पाइयो, भट्टराई भन्छन्– अब एमालेको सरकार बनाउन मतदाताकै चहाना पाएको छु ।
घरदैलोका क्रममा प्रतिनिधिसभा सदस्याका उम्मेदवार देवराज घिमिरेलाई सबैले अग्रिम बधाई दिएका छन् । केहि मतदाताले बेलाबेला भेटघाटका लागि आउन सूझाव समेत दिए । घिमिरेलाई निर्वाचित भएर अर्को चुनावमा मात्रै आए हिसावकिताव राख्नेसम्म प्रतिक्रिया आएको छ । यता, उम्मेदवार घिमिरेले आम नागरिकसँग निकट भएर आगामी दिनमा काम गर्दै जाने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले अहिलेसम्मका समस्याहरु समाधानमा आफ्नो भूमिका प्रभावकारी हुने बताउँदै ढुक्क भएर एमालेलाई निर्वाचित गराउन आग्रह गरे ।

सत्ता स्वार्थका लागि गठबन्धन गर्नेहरुलाई मतदाताले पराजित गराउने घिमिरेको भनाई छ । उनले भने, बिर्तामोडका मतदाताबाट अनपेक्षित माया पायौं, यो नै हाम्रो जीतको आधार हो । आगामी दिनमा पनि एमोलेले कसैलाई धोका दिनेवाला छैन । घरदैलोमा गुनासो समेत सुनेका घिमिरेले एमालेप्रति आम नागरिकको आशा धेरै रहेको सुनाए ।

प्रदेश उम्मेदवार एकराज कार्कीले विगतमा गरेका कामहरुलाई मुल्याङकन गरेर एमालेलाई विजयी गराउन आग्रह गरेका छन् । उनले विभिन्न बाधा अवरोधका बीच एमाले नेतृत्वको सरकारले काम गरेको बताए । ‘तपाईहरुले बहुमत पुग्ने गरी मत दिनुहोस्, अवरोध बिना काम गर्नेछौं’ कार्कीले भने ।

प्रकाशित मिति : कार्तिक २४, २०७९ बिहीबार  ८ : ४० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]