बैशाख २९, २०८२ सोमबार

शिवगञ्ज र सुरुंगामा आज अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

झापा–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा क्षेत्र नं ४ का दुई ठाउँमा आयोजना गरिएका चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । एमाले पोलिटव्यूरो सदस्य देवेन्द्र दाहालका अनुसार मध्यान्ह १२ बजे शिवसत्ताक्षको शिवगञ्ज र साढे १ बजे कनकाई नगरपालिकाको सुरुंगामा आयोजना हुने कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्नुहुनेछ ।

निर्वाचन हुन १० दिन बाँकी रहँदा अध्यक्ष ओली आफ्नो निर्वाचन क्षेत्र र झापाका विभिन्न कार्यक्रमहरूमा व्यस्त हुनुहुन्छ । आजको कार्यक्रममा अध्यक्ष ओली र झापा ४ का उम्मेदवार एलपी साँवा लिम्बूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । अध्यक्ष ओली नेतृत्वको सरकार हुँदा सांसद साँवाले यस क्षेत्रको विकासका लागि गरेका कामका बारेमा आम जनसमुदायलाई साँवाले प्रष्ट पार्नुहुनेछ ।

यसैगरी अध्यक्ष ओलीले देशको समसामयिक परिस्थिति, गठबन्धनको ज्यादती, एमालेलाई आगामी चुनावमा जिताउनु पर्ने कारण र झापा ४ को विकासका लागि आफ्नो सरकारले गरेका योगदानको बारेमा प्रष्ट पार्नुहुने एमाले क्षेत्र नं ४ समन्वय कमिटीले जनाएको छ ।

प्रकाशित मिति : कार्तिक २४, २०७९ बिहीबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]