जेष्ठ २७, २०८२ सोमबार

मदरसाहरुको स्तरोन्नतिमा एमाले सधैं सकारात्मक

बिर्तामोड । झापा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले झापाको बिर्तामोड ७ मा रहेका मदरसाहरुको स्तरोन्नतिमा निरन्तर लागि पर्ने बताएका छन् ।

चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा घिमिरेले एमालेको सरकार आए त्यो क्षेत्रका सम्पूर्ण समस्याको समाधान हुने समेत प्रतिवद्वता व्यक्त गरे ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज समेत रहेका उनले बिर्तामोड नगरपालिका र ७ नम्बर वडामा एमालेको सरकार आउँदा मात्रै पनि मदरसा र मस्जीदका लागि ११ लाख भन्दा बढि रकम विनियोजन गरेको बताएका थिए ।

यस्ता सहयोग अब पनि निरन्तर रहने बताउँदै घिमिरेले अरु पार्टीमा चुँडेर खाने प्रबृत्ति भए पनि थपेर दिने स्वभाव एमालेले कायमै राखेको बताएका छन् । अबको केहि समयमै एमालेले गर्ने बिकासमा काम देखिन थाल्ने समेत जानकारी दिए ।

कार्यक्रममा नेकपा एमालेका तर्पmबाट झापा क्षेत्र नं. २ (१) प्रदेश सभा सदस्यका उम्मेदवार एकराज कार्कीले यस क्षेत्रका समस्याको बारेमा आफु जानकार रहेको बताए । आफुले मदरसा र मस्जीदका लागि धेरै काम गरेको र अब पनि त्यस्ता कामलाई निरन्तरता दिर्दै जाने बताए ।

बिद्युत बिस्तार, बाटघाटा निर्माण लगायतका क्षेत्रमा चुनाव पछि लगत्तै काम सुरु हुने उनको भनाइ थियो । झापामा नेकपा एमाले र राप्रपा बिचको तालमेल रहेको र यी दुबै पार्टीले सबैधर्मलाई सँगसँगै लिएर जाने धारणा राखे ।

नेकपा एमाले समृद्व नेपाल, सुखी नेपाली बनाउने अभियानमा रहेकाले सबै भाषा, धर्म र संस्कृतिको बिकास गर्ने कुरामा लागि पर्ने समेत प्रतिवद्वता जनाए ।

प्रकाशित मिति : कार्तिक २५, २०७९ शुक्रबार  ५ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]