बैशाख २९, २०८२ सोमबार

शिवसताक्षी नगरपालिकामा नमूना मतदान

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिकामा नमूना मतदान गरिएको छ । संघीय र प्रदेश सरकारको निर्वाचन नजिकिदै गर्दा शिवसताक्षी नगरपालिकाको कार्यालयमा निर्वाचन आयोगले नमूना मतदात गराएको हो ।

नमूना मतदानमा प्रतिनिधि सभा, प्रदेश सभा, दुवैतर्फका समानुपातिक मतपेटिका राखेर नमुना मतदान गराइएको थियो ।
निर्वाचनमा खटिने कर्मचारीहरु र अन्यलाई सहभागिता गराई मतदान अधिकृतहरुले खेल्नु पर्ने भूमिकाका बारेमा प्रष्ट पारिएको निर्वाचन कार्यालयका कर्मचारी वशिष्ठ अधिकारीले जानकारी दिए । मतदानका क्रममा निर्वाचनमा खटिने कर्मचारीहरुलाई आइपर्ने समस्या र त्यसको समाधानका लागि पनि जानकारी दिइएको निर्वाचन कर्मचारी अधिकारीले बताए ।

मतदान गर्न आउने मतदाताको आयोगले तोकेको परिचय पत्र हेर्नु पर्ने, मतदान गर्न आउने मतदाताले अनिवार्य मास्क लगाउनु पर्ने, तोकिएको लाइनमा उभिएर मतदान गर्नुपर्ने जस्ता विषयहरु सिकाइएको थियो । स्थानीय तहको निर्वाचनमा निर्वाचन शिक्षा कार्यक्रम पर्याप्त नहुँदा मत बदरको संख्या बढेकाले निर्वाचन आयोगले यस पटक प्रभावकारी तरिकाले मतदाता शिक्षा र नमुना मतदानमा निर्वाचन आयोगले जोड दिएको निर्वाचन आयोगका कर्मचारीले बशिष्ठ अधिकारीले जानकारी दिए ।
नमूना मतदानमा शिवसताक्षी नगरपालिकाकी उपप्रमुखले पहिलो मत खसालेकी थिइन् ।

प्रकाशित मिति : कार्तिक २८, २०७९ सोमबार  ७ : ११ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]