बैशाख ३०, २०८२ मंगलबार

निर्वाचनबाट जनताले गठबन्धनलाई पराजित गर्नुपर्छ : ओली

बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले एक थोक भन्ने र अर्को थोक गर्ने पार्टी नभएको बताए ।
झापा क्षेत्र –१ अन्तर्गत मेची नगरमा आयोजित चुनावी सभालाई बिहीबार दिउँसो सम्बोधन गर्दै ओलीले मङ्सिर ४ को निर्वाचनले देशको भाग्य र भविष्य निर्माण गर्नुपर्ने बताए । निर्वाचन देश जोगाउने शक्ति आउने कि स्वार्थ गठबन्धन आउने भन्नेमा केन्द्रित रहेको बताए । ‘यो निर्णय गर्नुपर्ने छ’, ओलीले भने ।

ओलीले एमालेसँग लड्ने कसैको हिम्मत नभएर गठबन्धन भएको बताए । एमालेलाई ढाल्ने हिम्मत नभएको कारण गठबन्धन भएको उनले टिप्पणी गरे । जनादेशबाट एमालेलाई ढाल्न नसक्ने भएपछि परमादेश ल्याएको उनले बताए ।

माओवादीलाई गम लगाएर एमालेमा टाँसेको भए पनि प्रचण्ड टाँसेको पर्चा उक्किए झैँ उक्किएको उनले टिप्पणी गरे । ‘माओवादीलाई गम लगाएर एमालेले टाँसेको थियो प्रचण्ड टाँसेको पर्चा उक्किए झैँ उक्किए’, ओलीले भने ।

एमालेलाई रोक्न र राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रतालाई कमजोर बनाउन अनेक षडयन्त्र भएका ओलीले बताए । यसलाई जनताले मङ्सिर ४ मा गठबन्धनलाई पराजित गर्नु पर्ने उनको भनाई छ ।

प्रकाशित मिति : मंसिर १, २०७९ बिहीबार  ५ : ३२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]