फरार कैदी शरणामतीबाट पक्राउ
बिर्तामोड । प्रहरी चौकी शरणामतीले फरार रहेको एक जना कैदीलाई पक्राउ गरेको छ । जवरजस्ती करणी मुद्धामा मोरङ कारागारमा कैद भुक्तान गरिरहेका झापा गाउँपालिका ५ का २८ वर्षीय कुमार हेमरमलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गत कात्तिक १५ गते क्षयरोगको उपचारका लागि विराटनगरस्थित क्षयरोग अस्पतालमा उपचाररत हेमरम अस्पतालबाटै फरार भएका थिए । हेमरमलाई शरणामती प्रहरीले मंसिर १ गते घर नजिकैबाट पक्राउ गरेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकलले जानकारी दिए । उनका अनुसार मोरङ कारागार पठाउन समन्वय भइरहेको छ ।