झापामा १२ बजेसम्म ३५ प्रतिशत मत खस्यो
बिर्तामोड । झापामा जारी मतदान १२ बजेसम्म ३५ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले १२ बजेसम्म ३५ प्रतिशत मत खसेको जानकारी दिए ।

विहान ७ बजे शुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने छ । २ वटा अस्थायी सहित जिल्लाभर ७६८ वटा मतदान केन्द्रहरुमा मतदान भइरहेको छ । त्यसमध्ये एक मतदान केन्द्रमा रोकिएको छ । प्रजिअ रिजालका अनुसार मतदान सुचारु गर्न छलफल चलिरहेको छ ।