बैशाख २९, २०८२ सोमबार

झापामा ढिलोमा साढे १० बजेबाट गणना थाल्ने तयारी

बिर्तामोड । झापाका निर्वाचन अधिकारी तुलसी प्रसाद नेपालले झापामा आजैबाट मतगणना शुरु हुने जानकारी दिएका छन् । उनका अनुसार राती १० वा साढे १० बजेभित्र सर्वदलीय बैठक बसेर गणना थालिनेछ ।

झापा क्षेत्र नं. १ को मेचीनगरपालिका, क्षेत्र नं. २ को अर्जुनधारा नगरपालिका, क्षेत्र नं. ३ को जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगडी, क्षेत्र नं. ४ को कनकाई नगरपालिका र क्षेत्र नं. ५ को दमक नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा गणना गरिने छ । गण्नाका लागि आवश्यक तयारी गरिएको नेपालले बताए ।

दिउँसो विवाद भएका केन्द्रमा पुनःमतदान सुचारु गरिएकोले ८ बजेभित्र मतदान सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ । ५ बजेसम्म लगभग ६० प्रतिशत मत खसेको निर्वाचन अधिकारीको भनाई छ ।

प्रकाशित मिति : मंसिर ४, २०७९ आईतबार  ५ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]