झापा–२ मा मतगणना सुरु, ९ बजे घोषणा गर्ने
अर्जुनधारा । झापामा अहिले बिहानदेखि मतगणना सुरु भएको छ । आज बिहान ३ बजेर ३० मिनेटदेखि झापा क्षेत्र नं २ अन्तर्गतको अर्जुनधारा नगरपालिका–११ मा खसेको मतको गणना सुरु गरिएको निर्वाचन अधिकृत केशवराज पन्तले जानकारी दिए ।
झापा- २ मा अहिले एक ठाउँबाट मतगणना सुरु भएको छ भने बिहान ९ बजेपछि पाँच÷छ ठाउँबाट गणना सुरु गरिने मत गणक सौगात कटुवालले जानकारी दिए ।
करिब चार हजार पाँच सय मत गणना गर्न सुरु गरिएको र मतगणनाको परिणाम बिहान ९ बजे घोषणा गरिने उनले बताए ।