झापा २ : एमालेको अग्रता कायमै, गठबन्धन स्वतन्त्र उम्मेदवारभन्दा पछि
बिर्तामोड । झापा क्षेत्र नं. २ मा एमालेका उम्मेदवार देवराज घिमिरेले पहिलो स्थाल हासिल गर्दै अग्रता कायम राखेका छन् । पछिल्लो परिणाम अनुसार घिमिरेले ९२१२ मत प्राप्त गरेका छन् ।
उनका प्रतिष्पर्धीका रुपमा स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालले ८११२ मत ल्याएका छन् । यस्तै, गठबन्धन तर्फका उम्मेदवार हरि रानाले ४७१८ मत प्राप्त गरेका छन् । राना माओवादीको चुनाव चिन्हबाट उम्मेदवार बनेका थिए । झापा २ मा गठबन्धन स्वतन्त्र उम्मेदवारभन्दा पछि परेको छ ।
झापा २ मा ८७ हजार ७ सय २३ मत खसेको थियो ।