बैशाख २९, २०८२ सोमबार

झापा ५ बाट केपी शर्मा ओली २८ हजार मतान्तरसहित निर्वाचित

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा-५ बाट भारी मतान्तरसहित विजयी हुनु भएको छ।

मतगणनाको अन्तिम परिणाम अनुसार अध्यक्ष ओलीले ५२ हजार ३१५ मतले विजय हासिल गर्दा गठबन्धनका उम्मेदवार खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४१ मत पाउनु भएको छ । अध्यक्ष ओली र अधिकारीको मतान्तर २८ हजार ५७४ मतको अन्तर रहेको छ ।

यो क्षेत्रमा १ लाख ५४ हजार २८९ मतदाता थिए । जम्मा मत खसेको ९८६३१ हो । जसमा बदर मत ५११७ रहेको छ । ६६.२० प्रतिशत मत खसेको हो । अध्यक्ष ओली २०४८,२०५१, २०५६, २०७०,२०७४ र अहिले २०७९ मा यसै क्षेबाट बिजयी हुनु भएको हो ।

प्रकाशित मिति : मंसिर ७, २०७९ बुधबार  ६ : ३३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]