झापामा दलविहीन उम्मेदवार मतदाताबाट अस्वीकृत
गगन ढकाल
झापा । झापामा प्रतिनिधि सभा र प्रदेश सभामा उठेका सबै दलबिहीन स्वतन्त्र उम्मेदवारहरुलाई मतदाताले अस्वीकार गरेका छन् । जिल्लामा उम्मेदवारी दिएका सबै स्वतन्त्र उम्मेदवारलाई मतदाताले विजयी हुने गरि मत दिएनन् । जसका कारण सबै पराजित भए ।
५ वटा प्रतिनिधि सभा र १० वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधि सभामा २९ जना स्वतन्त्र उम्मेदवार बनेका थिए भने प्रदेश सभाका लागि १७ जना स्वतन्त्रले उम्मेदवारी दिएका थिए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा महिला चुनाव चिन्ह लिएर उठेकी उम्मेदवार केन्द्र कुमारी दाहालले १४ मत प्राप्त गरिन् । क्रस खुकुरी चुनाव चिन्ह लिएर उठेका उम्मेदवार बिकास राजवंशीले १२६ मत प्राप्त गरेका छन् साथै यसै क्षेत्रमा मुढा चुनाव चिन्ह लिएर उठेका अर्का स्वतन्त्र उम्मेदवारले १०३ मत प्राप्त गरे ।
त्यसै गरी प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा क्रस खुकुरी चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार भद्र प्रसाद नेपालले भने २६ हजार ४५५ मत ल्याएका छन् । नेपाल जिल्लाका सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार हुन् । उनी उक्त निर्वाचन क्षेत्रको उप–बिजेता समेत हुन् । स्वतन्त्र उम्मेदवार रहेका नेपालले गठबन्धनको भन्दा १२ हजार ५२५ मत धेरै ल्याएका छन् । साथै यस क्षेत्रका अन्य ४ जना उम्मेदवारहरु मध्ये २ जनाले मात्रै सय मत कटाएका छन् । ति ४ जना स्वतन्त्र उम्मेदवारहरुको मतको कुल योग ६२७ मत हुन्छ ।
त्यसै गरी प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा रहेका ३ जना स्वतन्त्र उम्मेदवारहरुले उल्लेखनीय मत प्राप्त गर्न नसकेको देखिन्छ । स्वतन्त्र उम्मेदवार डम्बर बहादुर गिरीले ७३५, प्रेम प्रसाद खनालले २९४ र मनोरथ राजवंशीले ८२ मत प्राप्त गरेका छन् ।
त्यसै गरी प्रतिनिधि सभा क्षेत्र नम्बर ४ मा ६ जना स्वतन्त्र उम्मेदवारहरु रहेका थिए । उनीहरु मध्ये क्रस खुकुरी चुनाव चिन्ह लिएर उठेकी स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले ५०१० मत प्राप्त गरेकी छिन् भने अन्य ५ जना उम्मेदवारले हजार मत कटाएका छैनन् ।
त्यसै गरी प्रतिनिधि सभा क्षेत्र नम्बर ५ मा १२ जना स्वतन्त्र उम्मेदवारहरु रहेका थिए । यस क्षेत्रका कुनै पनि उम्मेदवारहरुले ५०० मत कटाएका छैनन् । बाह्र जना स्वतन्त्र उम्मेदवारहरुको कुल मत ११५३ रहेको छ । बाह्र जनामा ३ जना उम्मेदवारले मात्रै सय मत पुर्याएका छन् ।
यसरी झापाको ५ क्षेत्रमा स्वतन्त्र उम्मेदवारहरुले ल्याएको मतलाई सरसर्ती हेर्ने हो भने क्षेत्र नम्बर २ का भद्रप्रसाद नेपाल र क्षेत्र नम्बर ४ की खुस्बु ओली मात्रै लोकप्रिय मत पाएका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ स्वतन्त्र उम्मेदवार नरहेको जिल्लाको एक मात्र निर्वाचन क्षेत्र रहेको छ । साथै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ मा जेब्रा चुनाव चिन्ह लिएर उठेका उम्मेदवार हिरा प्रसाद पोखरेलले १०३६ मत ल्याएका छन् ।
त्यसै गरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ ‘क’ मा जेब्रा चुनाव चिन्ह लिएर राजु प्रसाई उठेका थिए । उम्मेदवार प्रसाईले ५६९ मत ल्याएका छन् । साथै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा जेब्रा चुनाव चिन्ह लिएर उठेका अनिरुद्र तिम्सिनाले २६१७ मत ल्याइ जिल्लाका प्रदेशसभाका स्वतन्त्र उम्मेदवारहरु मध्ये सबैभन्दा धेरै मत ल्याउने स्वतन्त्र उम्मेदवार बनेका छन् ।
त्यसै गरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ ‘क’ मा पानीको धारा चुनाव चिन्ह लिएर उठेका जमालुदिन मियाले १७३ मत ल्याएका छन् भने यसै क्षेत्रमा जेब्रा चुनाव चिन्ह लिएर उठेका अर्का स्वतन्त्र उम्मेदवार हेमलाल भट्टराईले ४०९ मत प्राप्त गरेका छन् । साथै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ मा जेब्रा चुनाव चिन्ह लिएर उठेका त्रिलोचन मैनालीले ४०१ मत प्राप्त गरेका छन् ।
त्यसै गरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ ‘क’ मा ड्रमसेट चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार मेहरमान बस्नेतले ५५ मत प्राप्त गरे भने यसै क्षेत्रमा जेब्रा चुनाव चिन्ह लिएर उठेका रमेश आचार्यले ४१६ मत प्राप्त गरेका छन् । यसै क्षेत्रमा जाँतो चुनाव चिन्ह लिएर उठेका अर्का स्वतन्त्र उम्मेदवार शान्तिराम न्यौपानेले भने ५७६ मत प्राप्त गरेका छन् ।
साथै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ मा लालटिन चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार केहरसिंह बस्नेतले ८६३ मत प्राप्त गरेका छन् भने यसै क्षेत्रमा बिजुलीको चिम चुनाव चिन्ह लिएर उठेका अर्का स्वतन्त्र उम्मेदवार जयप्रसाद चौलागाईले २२९ मत प्राप्त गरेका छन् ।
त्यसै गरी प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ५ ‘क’ मा उडिरहेको चिल चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार इन्दिरा देवी दाहालले ९७ मत प्राप्त गरेकी छिन् भने झ्याल चुनाव चिन्ह लिएर उठेका अर्का स्वतन्त्र उम्मेदवार लेखमाया श्रेष्ठले १३७ मत प्राप्त गरेकी छिन् । साथै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ५ ‘ख’ मा ब्याडमिन्टन चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार डम्बर बहादुर दाहालले ६५ मत प्राप्त गरेका छन् भने यसै क्षेत्रमा जेब्रा चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार तीर्थ नेपालले २३८ मत प्राप्त गरेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ५ ‘ख’ मै आँखिझ्याल चुनाव चिन्ह लिएर उठेका स्वतन्त्र उम्मेदवार धिरज बज्रचार्यले ७०१ मत प्राप्त गरेका छन् भने यसै क्षेत्रमा लालटिन चुनाव चिन्ह लिएर उठेका अर्का स्वतन्त्र उम्मेदवार मधु थापा मगरले २२० मत प्राप्त गरेका छन् ।
प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ ‘क’ स्वतन्त्र उम्मेदवार नरहेको जिल्लाको एक मात्र निर्वाचन क्षेत्र हो भने प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ५ ‘ख’ जिल्लामा सबैभन्दा धेरै ४ जना स्वतन्त्र उम्मेदवार रहेको प्रदेश सभा निर्वाचन क्षेत्र हो ।