नैवेध्यको शुभारम्भ सेलिब्रेशन एक हप्तासम्म
बिर्तामोड । झापाको बिर्तामोडमा फेमिली रेष्टुरेन्ट नैवेध्यको औपचारिक शुभारम्भ गरिएको छ । सोमवार रिवन काटेर औपचारिक शुभारम्भ गरिएको सञ्चालक राजु ढकालले जानकारी दिए ।
नैवेध्यको औपचारिक शुभारम्भ सञ्चालकका हजुरवुवा नन्दिकेशर ढकाल, हजुरआमा ठोमकुमारी ढकाल र फुपु हजुरआमा सिता ढकालले रिवन काटेर गरेका थिए ।

डेढ करोड लगानीमा सञ्चालनमा ल्याइएको नैवेध्य बिर्तामोडको पृथक फेमिली रेष्टुरेन्ट रहेको सञ्चालक ढकालको भनाई छ । उनका अनुसार एक हप्तासम्म शुभारम्भ सेलिब्रेशन हुनेछ । सुन्दर र शान्त वातावरणमा पारिवारिक जमघट गर्ने गरी संरचना निर्माण गरिएको बताइएको छ । सो रेष्टुरेन्ट बिर्तामोड–५ स्थित गणपति रोडमा रहेको छ ।


