बैशाख २९, २०८२ सोमबार

विकास निर्माणमा भइरहेको ढिलासुस्ती असैह्य छ : साँवा

बिर्तामोड । झापा क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एलपी साँवा लिम्बुले निर्माण क्षेत्रमा भइरहेको ढिलासुस्ती असैह्य भएको बताएका छन् । निर्वाचित भएपछि पहिलो पटक पत्रकारसँग औपचारिक कुराकानी गर्दै उनले विकास निर्माणमा भइरहेको ढिलासुस्तीले जनप्रतिनिधि र राजनीतिकर्मीको बद्नाम भइरहेको बताए ।

आज विहान दोमुखामा आयोजित धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै साँवाले ठेक्का लगाउने निकाय र निर्माण व्यवसायीको लापरबाहीले आम नागरिक ठुलो मार्कामा परेको बताएका हुन् । सडक, पुल लगायतका निर्माणमा राज्य पक्षका निकाय र निर्माण व्यवसायीको मिलेमतो भइरहेको साँवाको आरोप छ । उनले भने– ‘मेरो क्षेत्रमा आएका धेरै योजनाहरु निर्माणमा ढिलासुस्ती भइरहेको छ । तत्काल निर्माण कार्यलाई अघि बढाएर योजना सम्पन्न गरेर नागरिकलाई सुविधा प्रदान गरियोस् ।’

निर्माण व्यवसायी र ठेक्का लगाउने निकायलाई खवरदारी गर्दै प्रतिनिधिसभा सदस्य साँवाले अब पनि काममा ढिलाई भए आफु एक्सनमा जाने बताए । काम गर्न नसक्नेहरुले काम जिम्मा लिएर विकासलाई अवरोध गर्ने हर्कत भइरहेको छ, म त्यो सहन्न, उनले थपे – गाउँमा योजना आउँछ, ठेक्का लाग्छ, काम सम्पन्न नभई अधुरो छोडिन्छ । यसले गर्दा नागरिकका सामुन्ने बद्नाम भइरहेको सावाँको भनाई छ ।

हुलाकी मार्गको विरिङ र कनकाईको पुल निर्माण गर्ने निर्माण व्यवसायीले ०७२ मा सक्नुपर्ने पुल अझै सम्पन्न गर्न नसकेको साँवाले जानकारी दिए । उनले भने, त्यो पुल ठेक्का पाउनेले बनाउने हो, जनताले किन बनेन भन्दै मलाई जिज्ञासा राख्नुहुन्छ । साँवाले रोकिएका विकास निर्माणका कामलाई तत्काल अघि बढाउन सम्बन्धित मन्त्रालयहरुमा ताकेदा गर्ने बताएका छन् ।

एमाले नेतृत्वको सरकारले विकास निर्माणलाई अघि बढाइरहेको बेला गठबन्धनका कारण सबै विकास योजना ठप्प भएको आरोप लगाए । उनका अनुसार गठबन्धन सरकार आएपछि सबै आयोजनाका काम राकिएको छ ।

आम मतदाता, नेता कार्यकर्ता र सञ्चारकर्मीलाई धन्यवाद दिदैं उनले नागरिकको काममा प्रतिवद्ध भई क्रियाशिल हुने साँवाले बताएका छन् ।

प्रकाशित मिति : मंसिर १५, २०७९ बिहीबार  ७ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]