बैशाख २९, २०८२ सोमबार

लालपानीको सुख्खाग्रस्त क्षेत्रमा हिउँदे बालीका लागि ढकालपुर पैनी सञ्चालन

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले हिउँदे बालीका लागि ढकालपुर पैनी सञ्चालनमा ल्याएको छ । शिवसताक्षी नगरपालिका वडा नं. ७ को लालपानीका कृषकहरुलाई मध्यनजर गरेर नगरपालिकाले ढकालपुर पैनीलाई सञ्चालनमा ल्याएको हो ।

हिउँदे बाली, मकै, तोरी, गहुँ कृषि उत्पादन बढाउन नगरपालिकाले जेसीबि लगाएर पैनी सञ्चालनमा ल्याएको नगरप्रमुख मेगाहाङ्ग थोप्रा .(रोषन)ले बताए । उनले कनकाई नदि नजिकै भएपनि हिउँद लागेपछि पानी अभाव रहेकाले लालपानीका कृषकलाई कृषि उत्पादनका लागि पानीको आवश्यकतालाई पुरा गर्ने गरी काम गरेको जानकारी दिए ।

नगरबासीका लागि आवश्यकताका आधारमा यस्ता स–साना कामहरु पनि महत्वपूर्ण रहन्छन् । नगरप्रमुख थोप्राले भने, कनकाई नदिको पानीलाई पैनी बनाएर लैजादा लालपानीका सुख्खा ग्रस्त हजारौ विगाह जमिन सिचित गन पुग्छ । त्यो नगरपालिकाले पुरा गरिदिएको छ ।

त्यस्तै नगरपालिकाले यस अघि हाल सञ्चालन भएको ढकालपुर पैनीदेखि पुर्वको रुदिला पैनीलाई पनि सञ्चालनमा ल्याएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । पैनी सञ्चालन भएपछि लालपानी बासीका किसानहरुले हिउँदे बाली उत्पादनमा बृद्धि गर्ने देखिन्छ ।

प्रकाशित मिति : मंसिर २०, २०७९ मंगलबार  ११ : ३६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]