बैशाख २६, २०८२ शुक्रबार

मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकन राष्ट्र

बिर्तामोड । मोरक्को कतारमा जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको क्वाटरफाइनलमा पोर्चुगललाई १-० गोल अन्तरले हराउँदै मोरक्को अन्तिम चारमा पुगेको हो । मोरक्को पहिलो पटक विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

यस्तै मोरक्कोले विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकन राष्ट्र बन्दै इतिहास रचेको छ । अल थुमामा स्टेडियममा मोरक्कोलाई जित दिलाउन युसेफ एन नेसरीले निर्णायक गोल गरे ।

पोर्चुगलविरुद्ध १० खेलाडीमा समेटिएको मोरक्कोले पहिलो हाफमै गोल गरेको थियो । खेलको ४२ औं मिनेटमा नेसरीले एटिया अल्लाहको पासमा हेडर मार्फत गोल गरे । यस्तै खेलको इन्जुरी समयमा मोरक्को १० खेलाडीमा समेटिएको थियो । वालिड चेडिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

अब मोरक्कोले सेमिफाइनलमा इंग्ल्यान्ड र फ्रान्सबीचको विजेतासँग खेल्नेछ । पोर्चुगल भने विश्वकपबाट बाहिरिएको छ ।

प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार  १० : ५९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]