सिम्रिकको ४८ औं सेवा केन्द्र फिदिममा
बिर्तामोड । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि.ले ४८ आँै सेवा केन्द्र फिदिममा शुरु गरेको छ । पाँचथर जिल्लाको फिदिममा सदस्यहरुलाई सेवा सुविधा पु¥याउने उद्देश्यले सेवा केन्द्र संचालनमा ल्याएको हो ।
संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता र फिदिम नगरपालिकाका नगरप्रमुख मित्र प्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा सेवा केन्द्र उद्घाटन गरिएको हो ।

शुभकामना मन्तब्य राख्दै काफ्लेले पाँचथर जिल्लामा छरिएर रहेको रकमलाई एकीकृत गरी आर्थिक टेवा पु¥याउने, बचत गर्ने बानीको विकास हुने र संस्थाले ल्याएको राहत नीतिले सदस्यको जीविकोपार्जनमा सहयोग पु¥याउने बिचार ब्यक्त गर्दै स्थानीय निकायले फिदिम नगरपालिका मार्फत सकेको सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् ।
जिल्ला सहकारी संघ पाँचथरका अध्यक्ष रेणु प्रसाद ओझाले शुभकामना मन्तब्य राख्दै पाँचथर जिल्लाको सहकारी क्षेत्रमा यस किसिमको समुद्घाटन कार्य सम्भवतः पहिलो रहेको विचार ब्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका छन् ।
जोखिम ब्यवस्थापन विभाग प्रमुख प्रेम बस्नेतले संचालन गरेको कार्यक्रममा संस्थाका सचिव ईन्द्र बहादुर कार्कीले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका कार्यकारी प्रमुखले कार्यक्रम बारे औचित्य प्रकाश पार्दै संस्थाको विगत, बर्तमान गतिविधि र आगामी योजना बारे कार्यक्रममा प्रस्तुतीकरण गरेका थिए ।
०७९ कार्तिक मसान्तसम्म संस्थाको शेयरपुजीँ ३१करोड ३७ लाख ८१ हजार ६ सय , शेयर सदस्य संख्या ५५ हजार १ सय ४१, लगानी रकम २ अर्व ३५ करोड २२ लाख ४७ हजार ५ सय ४ रुपैयाँ र बासलात २ अर्व ७० करोड १९ लाख २२ हजार ८ रुपैयाँ रहेको छ ।