बैशाख २६, २०८२ शुक्रबार

विश्वकप फुटबल : अर्जेन्टिना फाइनलमा

बिर्तामोड । अर्जेन्टिना कतारमा जारी विश्वकप फुटबल २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

कतारको लुसेइल रङ्गशालामा आज भएको खेलमा क्रोएसियालाई ३–० गोलअन्तरले पराजित गर्दै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनलमा अर्जेन्टिनाले फ्रान्स र मोरक्कोबीचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

खेलको ३४औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत् गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए भने खेलको ३९औँ मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै अग्रता दोब्बर बनाए । साथै ६९औँ मिनेटमा अल्भारेजको दोस्रो गोलपछि अर्जेन्टिनाले ३–० गोलअन्तरको जीत सुनिश्चित ग¥यो ।

अर्जेन्टिनाको यो छैटौँ पटकको फाइनल यात्रा हो । अर्जेन्टिनाले दुई पटक विश्वकप उपाधि जितेको छ । सेमिफाइनलको दोस्रो खेल नेपाली समयअनुसार बुधबार राति १२ः४५ बजेदेखि सुरु हुनेछ ।

प्रकाशित मिति : मंसिर २८, २०७९ बुधबार  २ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]