बैशाख २८, २०८२ आईतबार

कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट : फिफा

काठमाडौं। कतार विश्वकप अहिलेसम्मकै उत्कृष्ट प्रतियोगिता बनेको दाबी फिफाले गरेको छ।

आगामी आइतबार हुने अर्जेन्टिना र फ्रान्सबीचको फाइनल खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकपलाई अहिलेसम्मको सर्वश्रेष्ठ भन्दै प्रशंसा गरे।

विश्वकपले विश्वलाई एकताबद्ध गरेर फुटबलको अद्वितीय शक्ति सुदृढ बनाएको उनले बताए। आज बसेको फिफाको बैठकले आगामी विश्वकपको बजेटसमेत स्वीकृत गरेको छ। फिफाले करिब ९ अर्ब ७० करोड अमेरिकी डलर फुटबल लगानी गर्नेछ।

बैठकले फिफा क्लब विश्वकप मोरक्कोमा आयोजना गर्ने घोषणासमेत गरेको छ। ३२ टोली सहभागी हुने फिफा क्लब विश्वकप सन् २०२३ फेब्रुअरी १ देखि ११ सम्म आयोजना गर्ने फिफाले जनाएको हो। यस्को आयोजना मोरक्कोले गर्नेछ।

यसैबीच आगामी आइतबार हुने विश्वकप फुटबलको फाइनल खेल फिफाले यू(ट्युबबाट पनि प्रशारण गर्ने भएको छ। अर्जेन्टिना र फ्रान्सबीच आइतबार राति पौने ९ बजे हुने फाइनल खेलको बिइन स्पोर्टस च्यानलबाट प्रत्यक्ष प्रशारण हुने जानकारी फिफाले दिएको छ।

फिफाले सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा हुने विश्वकप फुटबलको फर्म्याट परिवर्तन हुनसक्नेसमेत संकेत गरेको छ। हाल विश्वकपमा ३२ राष्ट्रमात्र सहभागी भएकोमा अब हुने विश्वकपमा थप १६ देश सहभागी गराउने फिफाको तयारी छ।

प्रकाशित मिति : पुष २, २०७९ शनिबार  ८ : ४२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]