बिर्तामोडमा आसीसीसीको शाखा विस्तार
बिर्तामोड । झापाको बिर्तामोडमा आइसीसीसीले आफ्नो शाखा विस्तार गरेको छ । नेपाली विद्यार्थीहरुलाई क्यानडामा अध्ययनका लागि परामर्श प्रदान गर्दै आएको आइसीसीसीले शनिवारबाट बिर्तामोडमा शाखाको औपचारिक शुभारम्भ गरेको हो ।
ईन्टरनेशनल करियर काउन्सिलिङ सेन्टर (आइसीसीसी) काठमाडौले शाखा शुभारम्भको अवसरमा एक दिने सेमिनार समेत सम्पन्न गरेको छ । आइसीसीसीका वरिष्ठ सल्लाहकार राम खड्काले सेमिनारमा सहजीकरण गरेका थिए । ेमिनारमा सहभागी विद्यार्थीहरुलाई क्यानडामा अध्यन गर्न कसरी जाने, विभिन्न कलेज तथा विश्वविद्यालयमा के कस्ता विषय पढ्न पाइन्छ भन्नेबारे जानकारी दिएका थिए ।
शिक्षा क्षेत्रमा कार्यरत झापाका सुधिर भट्टराई ,विजया भण्डारी , बसन्त टन्डन क्षेत्री, यज्ञराज कडरिया र दीपक दास लगायतको संयुक्त लगानीमा झापा शाखाको शुरूवात गरिएको बताइएको छ । स्वीस कन्टयाकका एलेन रोवर्क, आदर्श स्कुल अफ म्यानेजमेन्टका डाइरेक्टर संजोग खरेललगायतको आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थी नेताहरु रन्जिन धमला र अनेरास्ववियु झापाका सचिव नारायण पोखरेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।