सताक्षी गोरक्षा महोत्सव–२०७९ को आयव्यय सार्वजनिक
शिवसताक्षी । झापाको ऐतिहासिक तथा धार्मिक क्षेत्र सताक्षीधाममा रहेको श्री गोलोक गोवद्र्धन गौशालाले सताक्षी गोरक्षा महोत्सव –२०७९ को आयव्यय सार्वजनिक गरेको छ । गौशालाले गएको मंसिरमा आयोजना गरेको गोरक्षा महोत्सवको आयव्यय सार्वजनिक गरेको हो ।
महोत्सवमा २३ लाख १७ हजार ७७६ आम्दानी र २१ लाख ६६ हजार ११५ खर्च भएको श्री गोलोक गोवर्धन गौशालाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्वजले जानकारी दिए । उनका अनुसार महोत्सवबाट १ लाख ५१ हजार ६६१ रुपैया रकम बचत भएको छ ।
जसमा रसिद बुकबाट १८ लाख ४१ हजार ८७८ , दान पेटिकाबाट २ लाख ८८ हजार ५०२ र महाराजजीबाट १ लाख ८७ हजार ३९६ रकम संकलन भएको गोलोक गोवर्धन गौशालाले जनाएको छ । त्यस्तै गौशलाका अनुसार धान ४० मन, चामल ४० क्वीटेल, चोकर ४० बोरा, नुन ५० बोरा र पराल १० ट्याक्टर संकलन भएको थियो ।
धार्मिक क्षेत्र सताक्षीधाममा गोवद्र्र्धन गौशालाले धामको अन्तराष्ट्रिय स्तरसम्म प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संरक्षक तथा अध्यक्ष भारद्वजाले जानकारी दिए । महोत्सवमा लगाइएको गोरक्षा पुराणमा जगतगुरु बालसन्तले प्रवचन दिएका थिए ।