बैशाख २८, २०८२ आईतबार

विश्वकप फुटबल फाइनल : अर्जेन्टिनाको अग्रता

झापा । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले सुरुआती अग्रता बनाएको छ ।

कतारको लुसेल स्टेडियममा जारी खेलको मध्यान्तरसम्म अर्जेन्टिनाले फ्रान्सविरुद्धको खेलमा २–० गोलको अग्रता बनाएको हो । खेलको २३औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टीबाट गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए । फ्रान्सका ओसुमाने डेम्बेलेले पेनाल्टी क्षेत्रभित्र एन्जल डी मारियालाई लडाएपछि अर्जेन्टिनाले पेनाल्टीको पाएको थियो ।

त्यसपछि खेलको ३६औँ मिनेटमा एन्जल डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई २–० को अग्रता दिलाएका छन् । उनले म्याक एलिस्टरको पासमा गोल गरेका हुन् ।

प्रकाशित मिति : पुष ३, २०७९ आईतबार  ९ : ५० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]