जेष्ठ ३, २०८२ शुक्रबार

पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन

बिर्तामोड । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप लगाउने समय परिवर्तन गरेको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले यसअघि एक वर्षमुनिका बालबालिकाका लागि छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेको बताउँदै अब पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने जानकारी दिनुभयो ।

उहाँले खोपविज्ञको सुझावका आधारमा खोप लगाउने समय परिवर्तन गरिएको जानकारी दिँदै एक वर्षको उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्र कुनै पनि बालबालिकाले खोप लगाउन सक्ने बताउनुभयो ।

प्रकाशित मिति : पुष १३, २०७९ बुधबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]