बैशाख २८, २०८२ आईतबार

अलविदा विश्व चर्चित फुटबल खेलाडी पेले

बिर्तामोड । ब्राजिलका विश्व चर्चित फुटबल खेलाडी पेलेको ८२ वर्षको उमेरमा निधन भएको छ । केही वर्षयता मिर्गौला र प्रोटेस्टको समस्या झेलिरहेका पेलेको गए राति ब्राजिलस्थित साओपाउलोमा रहेको अल्बर्ट आइन्सटाइन अस्पतालमा निधन भएको हो ।

पेलेले ब्राजिललाई विश्वकप फुटबल प्रतियोगिताको तीनपटक उपाधि दिलाएका थिए । पेले सहभागी भएको सन् १९५८, १९६२ र १९७० को विश्वकप फुटबल प्रतियोगितामा ब्राजिलले उपाधि जितेको थियो । यसैगरी सन् २००० मा पेले फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित भएका थिए । सत्र वर्षको उमेरमा अन्तर्राष्टिय फुटबलमा डेब्यु गरेका पेलेको वास्तविक नाम भने एजिडिसरन एरेन्टस डो नासिमेन्टो हो ।

पेले पछिल्लो समय क्यान्सरबाट पीडित थिए । उनी ब्राजिलको मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मिएका थिए ।

प्रकाशित मिति : पुष १५, २०७९ शुक्रबार  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]