बैशाख २८, २०८२ आईतबार

संकटाले जित्यो आहा रारा पोखरा गोल्डकपको उपाधि

पोखरा । आहा रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको संघर्षपूर्ण खेलमा संकटाले भुटनिज युथ स्पोर्टस् क्लबलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । संकटाको जितमा सुरजज्यू ठकुरी, मेस्सुके ओलामाउ र सुनिल बलले गोल गरे । त्यस्तै, भुटनिज युथ स्पोर्टस क्लबका लागि रेने स्यान्टिलन र विलिस ग्रिफिटले गोल गरेका थिए ।

निर्धारित समयमा दुवै टोलीले २–२ गोलको बराबरी खेलेपछि ३० मिनेटको अतिरिक्त समय थपिएको थियो । अतिरिक्त समयमा कप्तान सुनिल बलले गरेको गोलले संकटाको जित सुनिश्चित गरेको हो ।

यसअघि २०७७ सालमा पनि संकटाले उपाधि जितेको थियो । दोस्रो पटक उपाधि जितेको संकटाले दुवै पटक फाइनलमा विदेशी टोलीलाई हराएको छ । यसअघि अफ्रिकन रुट्सलाई फाइनलमा हराएको थियो ।

सहारा क्लबले आयोजना गरेका २२औं आहा रारा गोल्डकप पुष १४ गतेबाट शुरू भएको थियो । प्रतियोगितामा १० टोलीले प्रतिस्पर्धा गरेका थिए ।

संकटाले ट्रफीसँगै १२ लाख नगद पुरस्कार पाएको छ । त्यस्तै, उपविजेता भुटनिज युथ स्पोर्टस क्लबले ६ लाख नगद पुरस्कार पाएको छ ।

प्रकाशित मिति : पुष २३, २०७९ शनिबार  ६ : ३१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]