सनलाइट इन्भेष्टमेन्टको अध्यक्षमा पदम भट्टराई
बिर्तामाड । नेपालको पूर्व क्षेत्रमा सिसाको थोक बिक्रेताको रुपमा रहेको सनलाइट इन्भेष्टमेन्ट प्रालिको मंगलबार सम्पन्न भएको छैठौं साधारण सभा तथा बिशेष अधिवेशनले पदमलाल भट्टराईको अध्यक्षतामा नयाँ संचालक समिति गठन गरेको छ।
समितिको सचिवमा युवराज निरौला र सदस्यहरुमा तुलसीनाथ पौड्याल, रिंग कुमार आचार्य र दुर्गा थपलिया रहेका छन्। यसैगरी सोही अधिवेशनले भरत कुमार भट्टराई नेतृत्वको ३ सदस्यीय लेखा समिति समेत गठन गरेको छ। समितिको सदस्यहरुमा चन्द्र प्रसाद भट्टराई र कृष्ण पुरी रहेका छन्।
साधारण सभामा अध्यक्ष पदम भट्टराईले संस्थाको बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए भने सचिव भरत कुमार भट्टराईले बित्तिय प्रतिवेदन पेश गर्नुका साथै लेखा संयोजक युवराज निरौलाले लेखा परीक्षण प्रतिवेदन पेश गरेका थिए।
सभाले सबै प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरेको थियो। सभामा संस्थाले प्रतिकुल परिस्थितिमा पनि ३६ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको अध्यक्ष भट्टराईले जानकारी दिए। सभामा संस्थाको बार्षिक कारोबार करिब ९ करोड रहेको जानकारी दिइएको छ ।