बिर्तामोडमा बजाजको ‘मापसे’ प्रतियोगिता हुँदै
बिर्तामोड । झापाको बिर्तामोडमा बिहीवार बजाज कम्पनीले ‘मापसे’ गर्ने भएको छ । बिर्तामोडको मेची पावर मोवाइल ट्रेडले कम्पनीको संयुक्त आयोजनामा माइलेज पर्फमेन्स सेफ्टी कार्यक्रमको गर्न लागेको हो ।
बजाजको १२५ सीसी पल्सरमा माइलेज जाँच गर्न उक्त कार्यक्रमको आयोजना गरिएको मेची पावर बिर्तामोडका सञ्चालक मनोज वंशलले जानकारी दिए । उनका अनुसार १ सय एम.एल पेट्रोलमा जसले लामो दुरी मोटरसाइकल कुदाउछ उसलाई कम्पनीले पुरस्कृत गर्ने छ । उक्त कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुनेलाई कम्पनीको तर्फबाट ट्रफीसहित पुरस्कार प्रदान गरिने बंशलले जानकारी दिए ।
चारपानेदेखि दक्षिण पुरानो ट्रायल सेन्टरमा विहान ९ बजेदेखि कार्यक्रम शुरु हुने कम्पनीका प्रतिनिधि महेश्वर मण्डलले जानकारी दिए । एक चरणमा पाँच जना सहभागी गराइने कार्यक्रममा सय जना सहभागी हुने विश्वास गरिएको छ । उपभोक्ताले मोटरसाइकलको आफै माइलेज जाँच गर्न गरुन् भन्ने उदेश्यले मापसे कार्यक्रम आयोजना गरिएको हो ।