बैशाख ३०, २०८२ मंगलबार

आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज डलरको खरिद दर १३० रूपैयाँ ५२ पैसा र बिक्री दर १३१ रूपैयाँ १२ पैसा रहेको छ । युरो एकको खरिद दर १४१ रूपैयाँ १७ पैसा र बिक्री दर १४१ रूपैयाँ ८२ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ४० पैसा र बिक्री दर १६० रूपैयाँ १३ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ७९ पैसा र बिक्री दर ३५ रूपैयाँ ९६ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ ।

प्रकाशित मिति : माघ ४, २०७९ बुधबार  ७ : ४४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]