बैशाख २८, २०८२ आईतबार

झापा गाउँपालिकाले जित्यो प्रदेशस्तरीय कनकाई भलिबल कपको उपाधि

कनकाई । झापाको सुरुङ्गामा आयोजित तेस्रो प्रदेश स्तरीय कनकाई कप पुरुष भलिबल प्रतियोगिताको उपाधि झापा गाउँपालिकाले हात पारेको छ ।

हिजो कनकाई माविको खेल मैदानमा भएको फाइनल प्रतियोगितामा झापा गाउँपालिकाले दमक नगरपालिकाको चुनौतीलाई ३-० को सोझो सेटमा हराउँदै झापा गाउँपालिका यस वर्ष पनि प्रदेश च्याम्पियन बनेको हो । उपाधि सँगै झापा गाउँपालिकाले नगद १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गरेको छ । उपविजेता बनेका दमक नगरपालिका भने नगद ६१ हजारमा चित्त बुझाएको छ ।

स्थानीय सुरुङ्गा जेसिजद्धारा आयोजित यस प्रतियोगिताको अघिल्लो संकरणमा समेत यी दुवै टिम फाइनलमा पुगेको थिए । अघिल्लो संकरणमा झापा गाउँपालिका दमकसँग पराजित बनेको थियो । यो जितसँगै झापा गाउँपालिकाले दमकसँगको पराजयको बदला समेत लिएको छ । झापा गाउँपालिकाले आफ्नो दबदबालाई कायम राख्दै झापा गाउँपालिकाले शानदार विजयी हासिल गरेको झापा गाउँपालिका भलिबल टिम कोच तथा नेपाल भलिबल सङ्घका पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका गजेन्द्र ताम्लीले बताए ।

फाइनल खेलको म्यान अफ द म्याच झापाका रबिन गौतम घोषित भए उनले नगद एक हजार हात पारे । यसैगरि प्रतियोगिताकै उत्कृष्ट ब्लकर झापाकै रोहित सिवाकोटी भए भने उत्कृष्ट स्पाईकार झापाका समिप श्रेष्ठ, उत्कृष्ट कुईकर दमकका पुकार तामाङ र उत्कृष्ट लिफ्टर दमककै राजन लिम्बू हुँदै नगद ५ हजारका दरले पुरस्कार पाउँदा सर्वोत्कृष्ट खेलाडीको उपाधि झापा गाउँपालिकाका विष्णु बस्नेतले २४ इन्चको रँगिन टीभी पुरस्कार प्राप्त गरे ।

प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रमुख अतिथि प्रदेश सभा सदस्य एवं प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री भक्ति सिटौला, झापा गाउँपालिकाका प्रमुख जयनारायण शाह, उपाध्यक्ष अन्जुदेवी थपलिया, कनकाई नगरपालिकाकी उपप्रमुख आशा सिवाकोटी लगायतले पुरस्कार र नगद प्रदान गरेका थिए ।

माघ ३ गते सुरु भई ७ गते समापन भएको प्रतियोगितामा कनकाई नगर खेलकुद विकास समिति सह–आयोजकका रुपमा रहेको हो । प्रतियोगितामा झापासहित मोरङ र इलाम गरी तीन जिल्लाका ८ टिमले भाग लिएका थिए ।

प्रकाशित मिति : माघ ८, २०७९ आईतबार  १० : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]