बैशाख २८, २०८२ आईतबार

न्युजिल्यान्ड अध्ययनका लागि शैक्षिक सेमिनार हुँदै

बिर्तामोड । झापाको बिर्तामोडमा एक दिने शैक्षिक सेमिनार हुने भएको छ ।

रोहिनी बिर्तामोड एजुकेसन कन्सल्टेन्सीले बिदेशमा उच्च शिक्षा अध्ययनमा जान चाहने विद्यार्थीलाई लक्षित गरि सेमिनारको आयोजना गरेको हो ।

न्युजिल्यान्डमा अध्ययन गर्न जाने बिद्यार्थीहरुलाई आवश्यक परामर्श दिन सेमिनारको आयोजना गरिएको रोहिनीका संचालक मिलन ओलीले जानकारी दिए । सेमिनार माघ २३ गते रोहिनीको बिर्तामोडस्थित भद्रपुर रोडमा रहेको कार्यलयमा आयोजना गरिएको छ ।

संचालक ओलीका अनुसार न्युजिल्यान्ड अध्ययनका लागि उत्कृष्ट गन्तव्य रहेको छ । कोभिडपछी बन्द रहेको भिजा प्रक्रिया केही महिनाअघी मात्रै सुरु भएको उनको भनाई छ । ओलीले नेपाली बिद्यार्थीको रोजाईमा समेत न्युजिल्यान्ड परेको हुँदा आवश्यक सहजीकरणका लागि सेमिनारको आयोजना गरिएको हो । सेमिनारमा सहजकर्ताको रुपमा रोहिनी काठमाडौका प्रबन्ध निर्देशक श्याम भण्डारी आउने भएका छन् ।

रोहिनीका संचालक ओलीले रोहिनी न्युजिल्यान्ड सरकारबाट मान्यता प्राप्त कन्सल्टेन्सी रहेको बताए।

प्रकाशित मिति : माघ २२, २०७९ आईतबार  २ : २९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]