बैशाख २९, २०८२ सोमबार

मेचीनगरमा अन्तर मावि छात्र भलिबल प्रतियोगिता

मेचीनगर । रोटरी क्लब अफ मेचीनगरको आयोजनामा दुई दिवसीय अन्तर मावि छात्र भलिबल प्रतियोगिता (यू–२०) बुधबारदेखि सुरू भएको छ ।

प्रतियोगिताको उद्घाटन रोटरी क्लब अफ मेचीनगरका संस्थापक अध्यक्ष तथा मेची उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर क्षेत्री (कपिल) ले गरेका थिए । मेचीनगर– १० स्थित हिमायन इङ्गलिस एकाडेमीको प्राङ्गणमा सञ्चालन भएको प्रतियोगितामा नगरका १२ वटा विद्यालयका विद्यार्थीहरूको टिमले प्रतिष्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा हिमायन इङ्गलिस एकाडेमी, फाइभस्टार इङलिस बोर्डिङ स्कुल, युनिक इङलिस बोर्डिङ स्कुल, होलिबेल इङलिस बोर्डिङ स्कुल, दुर्गा इङलिस बोर्डिङ स्कुल, सुर्योदय इङलिस बोर्डिङ स्कुल, काँकरभिट्टा मावि, थेसिस इङलिस बोर्डिङ स्कुल, सिताराम सामुदायिक विद्यालय, पशुपति इङलिस बोर्डिङ स्कुल, सनसाइन इङलिस बोर्डिङ स्कुल र धुलाबारी मावि रहेका छन् ।

रोटरी क्लब अफ मेचिनगर अध्यक्ष अनन्त प्रकाश वस्तीको अध्यक्षतामा आयोजना भएको दुई दिवसीय छात्र भलिबल प्रतियोगिताको उद्घाटन शत्रमा हिमालयन इङलिस एकाडेमिका प्रिन्सिपल जगत बहादुर तामाङ्गलगायतको आतिथ्य रहेको थियो ।

हिमायन इङ्गलिस एकाडेमी, मेचीनगर–१० को प्रायोजक रहेको प्रतियोगिता बिहीवार समापन हुने आयोजक समितिका सदस्य आयुसमान निरौलाले जानकारी दिए । कार्यक्रम संयोजक योगेन्द्र प्रसाद आचार्यले स्वागत गरेको कार्यक्रम सञ्चालन सचिव कृष्ण काफ्लेले गरेका थिए ।

प्रकाशित मिति : माघ २५, २०७९ बुधबार  ६ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]