जेष्ठ १, २०८२ बुधबार

असुलीको सूचनामा ऋणीको फोटो छाप्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले कर्जा असुलीको सूचना प्रकाशित गर्दा ऋणीको फोटो प्रकाशित गर्न नपाइने व्यवस्था गरेको छ । बिहीबार बैंक तथा वित्तीय संस्थाहरुका लागि जारी गरिएको एकीकृत निर्देशन २०७८ मा संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।

एक वर्ष भन्दा बढी अवधिका लागि प्रवाह भएको कर्जा असुलीमा सार्वजनिक सूचना तथा धितो लिलामीको कारबाही सुरु गर्नु अघि कर्जाले भाखा नाघेको कम्तीमा ६ महिना व्यतित भई शंकास्पद वर्गमा वर्गीकरण भएको हुनु पर्ने व्यवस्था रहेको थियो ।

त्यसमा केन्द्रीय बैंकले कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न नपाइने व्यवस्था गरेको छ । ‘कर्जा असुलीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दा प्राकृतिक व्यक्तिको तस्वीर प्रकाशन गर्न पाइने छैन’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशिकामा भनिएको छ ।

६ महिना भन्दा कम अवधिको संस्थागत निक्षेप लिन नपाइने

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले ६ महिना भन्दा कम अवधिको संस्थागत मुद्दती निक्षेप लिन नपाउने व्यवस्था गरेको छ । ३ महिना अवधिको पनि संस्थागत मुद्दती निक्षेप लिन पाइने व्यवस्था रहेकोमा अब भने न्यूनतम ६ महिना कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । ‘३ महिना भन्दा कम समयावधिको व्यक्तिगत मुद्दती निक्षेप तथा ६ महिना भन्दा कम समयावधिको संस्थागत मुद्दती निक्षेप स्वीकार गर्न पाइने छैन’ राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशनमा भनिएको छ ।

संस्थागत मुद्दती निक्षेपको हकमा ६ महिना व्यतित हुनु अगावै कुनै पनि रकम भुक्तानी÷फिर्ता गर्न समेत नपाइने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार  १० : ०४ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]