बैशाख २४, २०८२ बुधबार

बिर्तामोडमा लैङ्गिक हिंसा न्यूनिकरण विषयक अन्तरक्रिया

बिर्तामोड । लैङ्गिक हिंसा न्यूनिकरणमा सरोकारवालाबीच अन्तरक्रिया तथा अभिमुखिकरण कार्यक्रम बिर्तामोडमा सम्पन्न भएको छ । बिर्तामोड नगरपालिकाको आयोजनामा आज एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले पछिल्लो समय सकरात्मक र सृजनात्मक भन्दा पनि नकरात्मक विषय प्रति मान्छेहरुको ध्यान धेरै गएको बताउनु भयो । सामाजिक सञ्जाल प्रयोगमा यस प्रकारका कुराहरु बढी रहेको भन्दै उहाँले सकरात्मक सोचको विकास गर्नु पर्नेमा जोड दिनुभयो । कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख प्रसाईले हिंसाका घटनामा महिला र पुरुष दुवैको संलग्नता रहने गरेको र यसको न्यूनिकरणको लागि आ–आफ्नो क्षेत्रबाट सबै लाग्नु पर्ने बताउनु भयो ।

यस्तै कार्यक्रममा बोल्दै नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले बिर्तामोड नगरपालिकालाई हिंसा विरुद्वको नगरपालिकाको रुपमा अघि बढाउनु पर्ने बताउनु भयो । उहाँले महिला र पुरुष विचमा मात्र नभई महिला महिला विच पनि हिंसा रहेको भन्दै एकले अर्कोलाई अपमान गरेर अघि बढ्न नसकिने धारणा राख्नु भयो ।

अभिमुखिकरण कार्यक्रममा नारी सञ्चार गृह झापाकी संस्थापक अध्यक्ष एवम् त्रिदेव बहुमुखी क्याम्पस प्राध्यापक संघ इकाई समिति सभापति सावित्रा दाहाल भट्टराईले प्रशिक्षण प्रदान गर्नुभयो । नगर उपप्रमुख संग्रौलाको अध्यक्षतामा आयोजित अभिमुखिकरण कार्यक्रममा कार्यपालिका सदस्य यमुना आचार्य, सीता ढुंगाना (विक), शर्मिला राजवंशी, संगीता सिवा, तिला गौतम, निर्मला गजमेर, लक्षिमा खतिवडा लगायत महिला जनप्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, टोल विकास संस्थाका महिला प्रतिनिधि, कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार  ८ : ४३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]