जेष्ठ २, २०८२ बिहीबार

आँखा शिविरमा २४६ ले पाए सेवा

बिर्तामोड । झापाको गौरादह नगरपालिका वडा नम्बर ९ मा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको छ । जिल्लाको दक्षिणी भेगमा सहयोगी मनहरु नेपालले शिविरको आयोजना गरेको हो । बलभद्र आधारभूत विद्यालयमा आयोजना गरिएको शिविरलाई गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुवेदीले आँखा जाँच गरेर उद्घाटन गर्नु भएको थियो ।

शिविरमा २ सय ४६ जनाले सेवा लिएको र उनीहरुलाई आँखा जाँच र औषधी निशुल्क वितरण गरिएको संस्थाका महासचिव विष्णु उप्रेतीले जानकारी दिए । चस्मा लगाउनु पर्ने विरामीहरुका लागि २ सय रुपैयाँ लिएर चिकित्सकको सल्लाह अनुसारको चश्मा प्रदान गरिएको जनाइएको छ । चेक जाँचमा ६ जनाले शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएको छ ।

शिविरलाई मेची आँखा अस्पताल बिर्तामोडले प्राविधिक सहयोग गरेको थियो । शिविरमा जेष्ठ नागरिकसँगै बालबालिका तथा वयस्क उमेर समुहकाहरुले पनि आँखा परीक्षण गराउन आएका थिए । शिविरमा आँखा चिलाउने, दुख्ने, पाक्ने ,सुन्निने , मोतियाबिन्दु जस्ता समस्या देखिएको शिविरमा सहभागी आँखा रोग विषेशज्ञ डा. पुष्प अधिकारीले बताउनु भयो । गाउँका बासिन्दालाई सहज स्वास्थ्य सुविधा दिनका लागि गाउँमै स्वास्थ्य शिविर आयोजना गरिएको सहयोगी मनहरु नेपालका अध्यक्ष भीम आचार्यले जानकारी दिए ।

प्रकाशित मिति : माघ २७, २०७९ शुक्रबार  ९ : ०३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]