मेचीनगरका जनप्रतिनिधि र पत्रकारबीचको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार विजयी
मेचीनगर । मेचीनगरमा जनप्रतिनिधि र पत्रकारबिचको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकारको टोलीले जीत हात पारेको छ । पत्रकारले जनप्रतिनिधिलाई दुई एकको अन्तरले खेल जीतेका हुन् ।
वडा खेलकुद विकास समिति मेचीनगर–९ द्वारा कवि शिरोमणी माविको खेल मैदानमा आयोजना गरेको थियो । पत्रकारको तर्फबाट विश्वास दाहाल र गोविन्द घिमिरेले एक–एक गोल गरेका थिए भने जनप्रतिनिधिको टिमबाट बिशाल कार्कीले गोल गरेका थिए ।
पत्रकार र जनप्रतिनिधिहरु बीच मैत्रीभाव कायम राख्ने उद्देश्यले खेलको आयोजना गरिएको वडा खेलकुद विकास समिति मेचीनगर–९ का सचिव राजु धिमालले बताए ।
उक्त खेल सकिएपछि मेचीनगर नगरपालिका प्रमुख गोपालचन्द्र बुढाथोकी र मेचीनगर उपप्रमुख मिना उप्रेतीद्वारा पत्रकार टोलीका कप्तान डम्बर बराल र जनप्रतिनिधि टोलीका कप्तान मेचीनगर वडा नं ९ का वडाध्यक्ष कञ्चन तामाङ्गलाई मायाको चिनो हस्तान्तरण गरिएको थियो ।